एक वर्षमा भारतबाट १ अर्ब ३७ करोडको मेहन्दी आयात
पाेखरा | साउन ४, २०७९
नेपालमा साउन लागेसँगै महिलाहरुको रोजाइमा पर्छ मेहन्दी ।
हात, खुट्टालगायतको भागमा लगाइने मेहन्दी देशकै विभिन्न भागमा पाइने फुल र बोट बिरुवाबाट बनाइँदै आएपनि पछिल्लो समय भारतबाट रेडिमेड झिकाउन थालिएको छ ।
वर्षमा प्रायः एकपटक लगाइने मेहन्दी भारतबाट झिकाउँदा अर्बभन्दा बढी मुद्रा बाहिरिने तथ्य सार्वजनिक भएको छ । भारतीय वाणिज्य विभागको तथ्यांकअनुसारल यस आर्थिक वर्ष ०२१/२२ मा भारतले १ अर्ब ३७ करोड रुपैयाँ बराबरको मेहन्दी निर्यात गरेको छ ।
यद्यपि, भारतले निर्यात गर्ने मेहन्दीको बजारमा नेपाल दोस्रो स्थानमा पर्दछ । तथ्यांकका अनुसार मेहन्दी निर्यातको पहिलो बजार अमेरिका रहेको छ ।
भारतको मेहन्दी निर्यातमा नेपालले ११ दशमलव ९१ प्रतिशत हिस्सा ओगटेको जनाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

